कात्तिक २३, काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ३४ करोड ७० लाख ५७ हजारको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रस्तावित गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
कम्पनीले यस वर्ष गत वर्षभन्दा बढाएर लाभांश प्रस्ताव गरेको हो । गत वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि बैंकले शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।
यो पनि हेर्नुस् :
पहिलो त्रैमासमा प्रभु बैंक लिमिटेडले कमायो ८९ करोडभन्दा बढी नाफा