चैत ९, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ ।
सभा प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने कम्पनीले जानकारी दिएको हो ।
सभाले ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्न नियामक निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।
साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनका चैत १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।