कात्तिक २५, काठमाडौं । प्रभु बैंकले कारोबार समयमा नै सञ्चालक समितिको बैठकले गरेर लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि शेयर कारोबार रोक्का भएको छ ।
बैंकले कात्तिक २३ गते (मंगलवार) कारोबार समयमा नै सञ्चालक समितिको बैंठक गरेर लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै स्पष्टिकरण सोध्नको लागि दोस्रो बजारमा शेयर काराबोर रोक्का गरेको नेप्सेले जानकारी गराएको हो ।
बैंकले कात्तिक २३ गते मंगलवार दिनको १ बजे बैंठक गरेर १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही कारण बिहीवार बैंकको शेयर कारोबार रोक्का गरेको नेप्सेले जानकारी गराएको छ ।