६ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बन्ने बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिका-१७ ठहिटीमा अवस्थित शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सरकारले सबै सार्वजनिक विद्यालयका भवन बनाउने बताएका हुन् । ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत […]