ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न,२८ % बोनस शेयर पारित

मंसिर २८, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  मंगलवार पोखरामा सम्पन्न सभाले २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।   उक्त कम्पनीको गत मंसिर १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । कम्पनीले हालसम्ममा ५४ जिल्लामा ११८ ओटा शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।  २८ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ५५ करोड २५ लाख पुगेको छ ।   

सम्बन्धित सामग्री

ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा बुधवार, यी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा भोलि बुधवार अर्थात् फागुन २४ गते गर्दै छ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा बिहान ९ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभामा १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ । सभामा कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरू गाभ्ने/गाभिने प्रयोजनको लागि आवश्यक कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गर्ने एवं चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

ग्लोबल आइएमई लघुवित्त र आदर्श लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमवार दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीले यस वर्षको लाभांश तथा आगामी साधारण सभा प्रयोजनका लागि फागुन १६ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते कायम अन्तिम शेयर मूल्य रू. १ हजार ३ दशमलव ५० को आधारमा १२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८९५ दशमलव ९८ तोकेको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गतेसम्म कायम अन्तिम शेयर मूल्य रू. १ हजार ६५० को आधारमा २० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ३७५ तोकेको छ । मंगलवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ । बुक क्लोजको आधारमा दुवै कम्पनीका फागुन १५ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।  ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट  शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आह्वान गरेको छ ।

ग्लोबल आइएमई लघुवित्तले बोलायो साधारण सभा, के - के छन् प्रस्ताव ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते १० औंं वार्षिक साधारण सभा बोलाएको छ । फागुन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बेस्ट रिसोर्ट नेपाल प्रालि, लेकसाइट, पोखरामा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । आगामी दिनमा अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लुम्बिनी विकास बैंक र ग्लोबल आइएमई क्यापिटलको साधारण सभा आज हुँदै

पुस ९, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको वार्षिक साधारण सभा आज शुक्रवार हुँदैछ ।  लुम्बिनी विकास बैंक र ग्लोबल आइएमई क्यापिटलले साधारण सभा आयोजना गरेका हुन् ।  लुम्बिनी विकास बैंकले १४औं वार्षिक साधारण सभा शुक्रवार बिहान ११ : १५ बजे केन्द्रीय कार्यालय डिल्लीबजारमा शुरु गर्ने जानकारी गराएको हो । सभाले १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर २६ गतेसम्म कायम शेयरधनीले साधाण सभा भाग लिन र लाभांश पाउनेछन् ।  ग्लोबल आइएमई क्यापिटलले १४औं वार्षिक साधारण सभा शुक्रवार ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक, काठमाडौंमा गर्ने जानकारी दिएको हो । सभाले ७० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

ग्लोबल आइएमई बैंकको साधारण सभा आज, १३.५% लाभांश पारित हुँदै

मंसिर २७, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमवार १५औं वार्षिक साधारण सभा गर्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांशलाई समेत अन्तिम रुप दिनेछ । बैंकको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैंकले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य भएका छन् ।

ग्लोबल आइएमई क्यापिटलको १४औं साधारण सभा पुस ९ गते, शत प्रतिशत लाभांशको प्रस्ताव

मंसिर १५, काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १४औं वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ । सभा ह्यात प्लेस, सोल्टीमोड, काठमाडौंमा अपरान्ह्र ४ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  बै‌ंकले भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो । बैंकको घोषित लाभांश लिन चाहनुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आइतवारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्ल...

ग्लोबल आइएमई लघुवित्तको बुकक्लोज मिति तय

५ मंसिर, काठमाडौं । घोषित लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । संस्थाले मंसिर २८ गते नवौं वाषिर्क साधारण सभा पोखरामा साधारणसभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वाषिर्क प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई पनि […]

१३.५ % लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो १५ औं वार्षिक साधारण सभा

मंसिर २, काठमाडौं । ग्लोबल आइएमई बैंकले १५ औं वार्षिक साधारण सभा मंसिर २७ गते बोलाएको छ ।  कम्पनीले सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी दिएको छ ।सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र, नियमावली संशोधनको क्रममा नियमन कारी निकायहरुबाट कुनै फेरबदल,परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव निर्देशन भएमा सोही अनुरुप आवश्यक कार्य गर्न सञ्चालक समिलिाई पूर्ण अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १३ गते बन्द गर्ने बताएको छ । यस आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।