राष्ट्र बैंकले ११ अर्ब ८३ करोड ट्रेजरी बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले आगामी आइतबार अर्थात् असोज २ गते ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका ट्रेजरी बिक्री गर्ने भएको हो ।  बैंकको सूचनाअनुसार आइतबार दिउँसो ३ बजे बोलकबोल हुने उक्त ट्रेजरी सोमबार बिक्री हुनेछ ।सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ट्रेजरीका लागि राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ छुट्याइएको छ ।  कुल ट्रेजरीमध्ये ८५ प

सम्बन्धित सामग्री

सरकारले विकास ऋणपत्रमार्फत १३ अर्ब आन्तरिक ऋण उठाउने, आइतवार बोलकबोल

काठमाडौं । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले रू. १३ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्ने भएको हो । राष्ट्र बैंकले यही असोज १५ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्र आइतवार अर्थात असोज १४ गते बोलकबोल मार्फत बिक्री गरिनेछ । यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८८ असोज १५ गते परिपक्व हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ। बोलकबोलमा इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. ११ अर्ब १३ करोड ५० लाख र रु. १ अर्ब ९६ करोड ५० लाख छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।  अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

रू. २८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक, सोमवार बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि चैत २० गते सोमबार रू. २८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिलको बोलकबोल गर्दै छ । राष्ट्र बैंकले चैत २१ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनका लागि रू. ४ अर्ब, ९१ दिनका लागि रू. ७ अर्ब ७५ करोड, १८२ दिनका लागि रू. ५ अर्ब ३० करोड र ३६४ दिनका लागि रू. ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख १९ गते, असार १९ गते, असोज १६ गते र चैत २० गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

राष्ट्र बैंकले आज २० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भोलि मंगलबार सार्वजनिक गर्ने ट्रेजरी बिलको अपराहन्न ३ बजे खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बोलकबोल गर्ने भएको हो । इच्छुक लगानीकर्ता वा बिल खरिदकर्ताले सो अवधिभित्र आवेदन दिइसक्नुपर्नेछ । तीन खालको बिल विक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि ११ अर्ब रुपैयाँ र ३६५ दिनका लागि २ अर्ब ८ करोड रुपैयाँ छुट्याएको छ । खुल्ला प्रतिस्पर

नेपाल राष्ट्र बैंकले रू. ३२ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने

चैत २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. ३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन,९१ दिन,१८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवार जारी हुने यस ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । केन्द्रीय बैैंकले २८ दिनका लागि रू. २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिल २०७९ बैशाख २० गते परिक्व हुनेछ । त्यसैगरी ९१ दिनका लागि रू. ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गरिने छ ।यस बिल २०७९ असार २१ गते परिपक्व हुनेछ । १८२ दिनको लागि रू. १० अर्ब बराबरको ट्रजरी बिल जारी गरिने छ । यो बिल भने २०७९ असोज १८ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षको लागि रू. ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गरिने छ । यो ट्रेजरी बिल २०७९ चैत २१ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।  सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको स्रोत जुटाउन यो बिल विक्री गर्ने गरिन्छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था,संगठित संस्था तथा सर्वसाधारण नागरिकले  ट्रेजरी बिलको बोलकबोलमा सहभागि हन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले रू. ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने

चैत ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू.११ अर्ब ३ करोड बराबरको ट्रजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन,१८२ दिन  र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवार जारी हुने यस ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनका लागि रू. ५ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल जारी लागेको जानकारी दिएको छ। यो ट्रेजरी बिल आगामी असार ७ गते  परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनका लागि रू. ४ अर्ब ३० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ असोज ४ गते परिपक्व हुनेछ । त्यस्तै ३६४ दिनका लागि रू. २ अर्ब बराबरको ट्रेजरीबिल  २०७९ चैत ७ गते परिपक्व हुने राष्ट्र बैंकले बताएको । यस्तो बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन  सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल  ?

नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी  जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी  आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्र

११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी […] The post ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्र बैंकले आज ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ । बिल आउँदो पुस ६ गते परिपक्व हुनेछ । यस्तै चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदाे चैत ८ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब बराबरको ट्रे...