चैत २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. ३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले २८ दिन,९१ दिन,१८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवार जारी हुने यस ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । केन्द्रीय बैैंकले २८ दिनका लागि रू. २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यस ट्रेजरी बिल २०७९ बैशाख २० गते परिक्व हुनेछ । त्यसैगरी ९१ दिनका लागि रू. ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गरिने छ ।यस बिल २०७९ असार २१ गते परिपक्व हुनेछ । १८२ दिनको लागि रू. १० अर्ब बराबरको ट्रजरी बिल जारी गरिने छ । यो बिल भने २०७९ असोज १८ गते परिपक्व हुनेछ ।
त्यसैगरी १ वर्षको लागि रू. ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गरिने छ । यो ट्रेजरी बिल २०७९ चैत २१ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।
सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको स्रोत जुटाउन यो बिल विक्री गर्ने गरिन्छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था,संगठित संस्था तथा सर्वसाधारण नागरिकले ट्रेजरी बिलको बोलकबोलमा सहभागि हन सक्नेछन् ।