चैत ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू.११ अर्ब ३ करोड बराबरको ट्रजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले ९१ दिन,१८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवार जारी हुने यस ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनका लागि रू. ५ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल जारी लागेको जानकारी दिएको छ।
यो ट्रेजरी बिल आगामी असार ७ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनका लागि रू. ४ अर्ब ३० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ असोज ४ गते परिपक्व हुनेछ । त्यस्तै ३६४ दिनका लागि रू. २ अर्ब बराबरको ट्रेजरीबिल २०७९ चैत ७ गते परिपक्व हुने राष्ट्र बैंकले बताएको ।
यस्तो बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।