राप्ती राजमार्ग आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्गअन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको सडकलाई फराकिलो पार्ने क्रममा आइतबारदेखि माघ २५ गतेसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका निमित्त प्रमुख इन्जिनियर रिकेश महर्जनले बताए ।