यातायात सञ्चालन भएको तीन घण्टा नबित्दै राप्ती राजमार्ग पुन: अवरुद्ध भएको छ । कपुरकोट बजार नजिकै पर्ने चोरखोलामा शुक्रबार राति आएको पहिरो हटाएको केही समय नबित्दै ठूला पहिरो आएका कारण राप्ती राजमार्ग फेरि अवरुद्ध भएको हो ।
अविरल बर्षातका कारण पहिरो जाँदा शुक्रबार बिहानदेखि राप्ती राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको दार्मा गाउँपालिका-५ जलेखर्कस्थित ठूलो पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको हो ।
सल्यान : अवरुद्ध भएको झन्डै १३ घण्टापछि राप्ती राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।आइतबार बिहान साढे ७ बजेतिर राप्ती राजमार्गको श्रीनगर-कपुरकोट सडकखण्डको त्रिवेणी गाउँपालिका-५ टुनिबोटनजिकै सडकमाथिबाट ठूलो ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो।दाङ तुलसीपुरबाट ढुंगा फुटाउने मेसिन आएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। एकतर्फी सडक सञ्चालनमा आएसँगै सवारीसाधन आ-आफ्नो गन्तव्यमा गइरहेको उनको भनाई छ।बिहानदेखि सडक अवरुद्ध हुँदा
पहिरोका कारण राप्ती राजमार्ग शनिबार दिउँसोदेखि अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा गएको पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको हो ।
दाङ- रातिदेखि निरन्तर परेको पानीको कारण दाङको साततले भन्ने स्थानमा पहिरो खसेपछि राप्ती राजमार्ग फेरि अवरुद्ध भएको छ। दाङ-सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर-३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए। बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात पूणरूपमा आवागमन ठप्प भएको छ। वर्षात निरन्तर भइरहेकोले […]
१३ भदौ, दाङ । निरन्तरको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिकाको साततलेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । दाङ–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । उनका अनुसार बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको छ […]
दाङ - लगातारको वर्षाले पहिरो खसेपछि राप्ती राजमार्गको दाङ-सल्यान सडक आज बिहानैदेखि अवरुद्ध भएको छ।
दाङ–सल्यान सडक खण्डअन्तर्गत दाङ तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।
बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा आवतजावत पूर्णरुपमा ठप्प भएको उहाँले बताउनुभयो । वर्षात निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरी प्रवक्ता गौतमले बताउनुभयो । वर्षा रोकिएपछि...
दाङ - गएरातिदेखि परेको अविरल वर्षाका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक अवरुद्ध भएको छ।
दाङ-सल्यान सडक खण्ड अन्तगर्त तुलसीपुर-३ साततलेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि गाडी सञ्चालनमा आउन सकेका छैनन् ।
बिहानैदेखि गाडी रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
दाङ - पहिराे गएका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड अवरुद्ध भएको छ । दाङ–सल्यान सडक खण्डको चोरखोला नजिकै पहिरो जाँदा सडक ठप्प भएकाे हाे ।
पहिरोसँगै माथिबाट ठूलो ढुङ्गा खसेपछि सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
गएरातिदेखि नै पहिरो हटाउन प्रयास भइरहे पनि पहिरो झरिरहेका कारण सडक सञ्चालनमा आउन नसकेकाे प्रहरीले जनाएको छ । अहिले दुई वटा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।
सल्यान : जिपको ठक्करले दुई विद्यार्थीको मृत्यु भएपछि स्थानीयले राप्ती राजमार्ग अवरुद्ध गरेका छन्।चालकलाई कारबाही र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।क्षतिपूर्ति दिने विषयमा सहमति नभएसम्म राजमार्ग खोल्न नदिने स्थानीयको भनाई छ। घटनास्थलमा नै स्थानीयले सडकमा ढुंगा र काठ राखेर अवरुद्ध गरेका छन्।सडकमा ठूलो संख्यामा स्थानीय भेला भएका छन्। एउटै गाउँका दुई जनाको मृत्यु भएपछि बरलाको गाउँ नै शोकमा डुबेको छ।यता प्रहरीले सडक खो