प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस रामेछापले आइतबार साँझ जिल्ला सदरमुकाम मन्थलीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । स्थानीय देवकोटा चोकमा विभिन्न नारा लगाउँदै कंग्रेस कार्यकर्ताहरुले पुत्ला दहन गरेका हुन् । यसअघि बजारमा मसाल जुलुस प्रदर्शन गरिएको थियो ।