काठमाण्डाै – लगातार चौथो दिन आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ०६ अङ्कले बढेर दुई हजार तीन सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा बीमा, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि केही बढेको छ । दुई सय २९ वटा कम्पनीका ५३ लाख ३३ हजार कित्ता शेयर दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली जलविद्युत् आयोजनाको १० करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भ...