काठमाण्डाै – लगातार दुई दिन बढेकाे शेयर बजार आज (बुधवार) भने घटेकाे छ । अस्ति (साेमवार) ५६ र हिजाे (मङ्गलवार) ५९ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७२ दशमलव १५ विन्दुमा झरेकाे छ ।
आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहकाे शेयर घटेकाेमा हाेटल तथा पर्यटन, माइक्राेफाइनान्स र विकास बैंक समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।
शेयर बजारसँगै आज काराेबार रकम पनि घटेकाे छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब...