काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार (आज) पनि घटेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज साढे ११ अङ्कले घटेको छ । नेप्से आज ११ दशमलव ६८ अङ्कले घटेर २७ सय ७१ दशमलव १५ अङ्कमा झरेको छ ।
आज जीवन बीमा समूहको शेयर सबैभन्दा बढी एक सय ७६ अङ्कले घटेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर १२३ अङ्कले, व्यापार समूहको शेयर ९३ अङ्कले र होटल तथा पर्यटनको शेयर ९१ अङ्कभन्दा धेरैले घटेको छ । आज विकास बैंक समूहको शेयर भने २१ अङ्कभन्दा धेरैले बढेको छ ।
आज कारोबार रकममा पनि कमी आएको छ । आज आठ अ...