काठमाण्डाै – काराेबार हुने हप्ताकाे अन्तिम दिन शेयर बजार झन्डै १६ अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १३ अङ्कले घटेर एक हजार नाै सय शून्य चार विन्दुमा झरेकाे छ ।
आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन तथा प्रशाेधन, लघुवित्त, जलविद्युत् र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।
नेप्से घटे पनि आज काराेबार रकम भने हिजाेकाे भन्दा केही बढेकाे छ । आज दुई सय ६७ वटा कम्पनीका ३२ लाख कित्ता शेयर ९८ कराेड ३३ लाख रुपैयाँमा काराेबार भएका छन् । सब...