बेलायतबाट शरणार्थीलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयमा रद्द

बेलायतबाट शरणार्थीलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयमा रद्द गरिएको छ । युरोपेली मानव अधिकार अदालतको हस्तक्षेपपछि बेलायतको समय अनुसार रातको साढे १० बजे हुन लागेको उडान रोकिएको हो । यो उडानबाट ७ जनालाई अफ्रिकी देशमा फिर्ता पठाउने अपेक्षा गरिएको थियो । तर अदालतको हस्तक्षेपपछि उडान रोकिएको बीबीसीले जनाएको छ । बेलायतका गृहमन्त्री प्रीति पटेलले अदालतको निर्णयका कारण आफू निराश भए पनि विचलित नभएको र अब अर्को उडानको तयारी सुरु हुने बताउनुभएको छ । उहाँले आफ्नो देशको अदालतमा पटक पटक सफलता हासिल गरे पनि ...

सम्बन्धित सामग्री

बिहानै तयार थियो विमान, सांसद भण्डारीलाई मुम्बई पठाउन ७ घन्टा लाग्यो

अस्पतालले विरामी उपचार गर्न विदेश लैजान दिएको सुझाव तथा विमान तय भएर मात्रै उडान हुने अवस्था थिएन । एयर एम्बुलेन्स उडानका लागि भारतबाट स्वीकृति लिनुपर्ने थियो । सरकार र पार्टी लाग्दा पनि भण्डारीलाई मुम्बई पठाउन ७ घन्टा लाग्यो ।

विमानस्थलको सर्चमा केही भेटिएन, हवाई उडान पुनः सुचारु हुँदै

काठमाडौँ । अज्ञात व्यक्तिले बम राखेको सूचनापछि बन्द भएको त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाई उडान पुनः सुचारु हुँदै छ । बम राखिएको सूचनापछि सर्च गर्दा कुनै शङ्कास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको हो । विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो र उनले बम राखिएको सूचना दिएका थिए […]

आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् : राष्ट्रपति जेलेन्स्की

उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न युक्रेनले गरेको आग्रहलाई अस्वीकार गरेको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानलाई युक्रेनको आकाशमा पठाउन नसक्ने भएकाले अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको बीबीसीमा उल्लेख छ। तर युक्रेनलाई आवश्यक अरु विभिन्न सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ छ । यो निर्णय लगत्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य गठबन्धन नेटोको कडा आलोचना गर्नुभएको छ । नेटोले नियतवश युक्रेनको ...

युक्रेनमा रहेका नागरिक उद्धार गर्दै भारत, के गर्दैछ नेपाल ?

रुसले युक्रेनका दुई प्रान्तलाई स्वतन्त्र घोषित गरेसँगै तनाव बढेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार युक्रेनमा सेना पठाउन निर्देशन दिएका छन् । सो क्षेत्रमा संकट बढेसँगै भारतले आफ्ना नागरिकहरुलाई उद्धार गर्नका लागि उद्धार उडान सञ्चालन गर्ने भएको छ । युक्रेन र त्यसको सीमावर्ती क्षेत्रमा २० हजार बढी भारतीय बसोबास गर्ने भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । आज राति २५६ भारतीय छात्र युक्रेनबाट फर्किने बताइएको छ । भारतले थप उद्धार उडानहरु सञ्चालन गर्ने तयारी गरेको छ ।यता नेपाल

श्रमिकलाई इजरायल पठाउन वायुसेवा कम्पनीसँग प्रस्ताव माग

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा जान छनोट भएका नेपालीलाई ढिलोमा दुई महिनाभित्र उडान गर्ने तयारीसहित प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगार विभागले नेपाली श्रमिकलाई इजरायल पठाउन विभिन्न हवाई सेवा प्रदायक सस्थासँग प्रस्ताव समेत माग गरेको छ । विभागले नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार […]

सर्वसारधरणलाई अन्तरिक्ष पठाउन सफल स्पेसएक्स

एजेन्सी, ३१ भदौ: स्पेसएक्सको क्रु ड्रयागन क्याप्सुलले संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित रहेको केनेडी स्पेस सेन्टरबाट नागरिक बोकेर अन्तरिक्षको लागि उडान भरेको छ। नेपाली समय अनुसार बिहीबार बिहान ५:३३ बजे फाल्कन ९ केटमा चार नागरिक बोकेर अन्तरिक्षको लागि उडेको हो। स्पेसएक्सको ‘ड्रैगन क्याप्सुल’ मा रहेका दुई पुरुष र दुई महिलाले अन्तरिक्ष स्टेसनको १०० माइल (१६०) किलोमिटरको […]

नेपाल एयरलाइन्सको जहाजमा चीनबाट खोप ल्याइने, यस्तो छ उडान तालिका

यसै साता चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाने भएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको खोप ल्याउनको लागि निगमले एयरबस–३३० विमान चीन पठाउन लागेको हो । निगमले ३ चरणमा खोप ल्याउने प्रस्ताव गरेको छ ।  यसको लागि निगमको पहिलो कार्गो उडान काठमाडौं–बेइजिङ असार यसै साताको बिहीबार (२४ असार)मा चीन प्रस्थान गर्ने उडान तालिका रहेको निगमले जनाएको छ । सो विमान २५ गते शुक्रबार खोप लिएर काठमाडौं अवतरण गर्नेछ । दोश्रो कार्गो उडान भने ३१ गत...

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

एजेन्सी । चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।  चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन् । उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेस वाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन् ।तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २