एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

धनगढी – बाजुराको बूढीगंगा नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ झण्डै दोब्बर मतले अगाडि छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले ३०६४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले १६२९ मत पाएका छन्। यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले ३०१३ मत पाएकी छन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले […]

सम्बन्धित सामग्री

पाल्पा १ मा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

पाल्पा क्षेत्र नम्र १ मा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार एमालेका नारायणप्रसाद आचार्यले १० हजार सात सय ३५ मत ल्याउँदा गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ज्ञानबहादुर गाहाले पाँच...

मोरङ ३ कांग्रेसका शर्मा दोब्बर मतले अगाडि

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले अग्रता कायमै राखेका छन्। उनी एमालेका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अघि छन्। शर्माले ४ हजार ९७ पाएका छन् भने एमालेका भानुभक्त ढकालले २०९६ मत पाएका छन्।

पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा सुनिल शर्मा दोब्बर बढी मतले अगाडि

मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बर भन्दा बढी मतले अगाडि छन्।

काठमाडौँ महानगरमा वालेन्द्र साह प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले १० हजार ३१६ मतसहित अग्रता बढाएका छन् । उनले प्रतिस्पर्धी उम्मेदवारको तुलनामा झण्डै दोब्बर मतको अग्रता बनाएका हुन् ।उनी सत्तारुढ गठबन्धनबाट प्रमुखका उम्मेदवार सिर्जना श्रेष्ठभन्दा ५ हजार ५३९ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ४ हजार ८२५ मतले अगाडि छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार स्थापितले ५ हजार ४९१ मत पाएका छन् । यस्तै काँग्रेसकी श्रेष्ठले ४ हजार ७७७ मत पाएकी छन् ।

काठमाडौंमा मतान्तर बढाउँदै बालेन, केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

काठमाडौं : काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले एमालेका उम्मेदवार केशव स्थापितभन्दा दोब्बर मतले अगाडि लागेका छन्। पछिल्लो परिणामअनुसार बालेनले ८ हजार ३७ मत ल्याउँदा एमालेका स्थापितले ४ हजार २ सय ५९ मत ल्याएका छन्। भने पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ७ सय ३ मत मात्रै ल्याएकी छन्।

ललितपुरको मेयरमा चिरीबाबु दोब्बर बढी मतले अगाडि

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले दोब्बर बढी मतान्तरका साथ अग्रता बनाएका छन् । महर्जनले १७४८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७१५ मत प्राप्त गरेका छन् ।यस्तै उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ७८७ मत पाएकी छन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बर्जाचार्यले ४४९ मत   ल्याएका छन् । यस्तै वडा नम्बर ४ को अध्यक्षमा नेपाली काँग्रेसले ८९ मत ल्याएको छ भने नेकपा एमालेले ७७ मत ल्याएको छ ।

बालेन साहले अग्रता झण्डै दोब्बर बनाए

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारले मतान्तर बढाइरहेका छन् । उनले नेकपा एमालेका केशव स्थापितभन्दा झण्डै दोब्बर मत प्राप्त गरेका छन् । बालेनले ४१३९ मत प्राप्त गर्दा स्थापितले २१४८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितलाई पछ्याउँदै नेपाली काँग्रेसकी सृजना सिंहले १९३४ मत प्राप्त गरेकी छिन् । बालेनले निरन्तर मतान्तर […]

ललितपुरको मेयर पदमा चिरीबाबुको दोब्बर मतले अग्रता कायमै

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले झण्डै दोब्बर मतान्तरका साथ अग्रता बनाएका छन् । महर्जनले ९८४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ४४८ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ।

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडी

काठमाडौँ । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। महानगर प्रमुखका लागि खसेको मतमध्ये हजार मतको गणना सम्पन्न हुँदा काँग्रेसका चिरिबाबु महर्जन दोब्बर अगाडि छन्। महर्जनले हालसम्म ८७७ मत प्राप्त गरेका छन्। महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ४०२ मतसहित पछ्याइरहेका छन्।

सिर्जनाको भन्दा बालेन्द्रको मत दोब्बर बढी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले उत्साहजनक मत ल्याएका छन् । उनले तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा दोब्बर बढी मत पाएका छन् । कुल ६४७३ मत गणना हुँदा साहले २४५७ मत ल्याएका छन् । सिर्जनाले भने जम्मा ११६८ मत पाएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित […]