काठमाडौँ महानगरमा वालेन्द्र साह प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले १० हजार ३१६ मतसहित अग्रता बढाएका छन् । उनले प्रतिस्पर्धी उम्मेदवारको तुलनामा झण्डै दोब्बर मतको अग्रता बनाएका हुन् ।उनी सत्तारुढ गठबन्धनबाट प्रमुखका उम्मेदवार सिर्जना श्रेष्ठभन्दा ५ हजार ५३९ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ४ हजार ८२५ मतले अगाडि छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार स्थापितले ५ हजार ४९१ मत पाएका छन् । यस्तै काँग्रेसकी श्रेष्ठले ४ हजार ७७७ मत पाएकी छन् ।