ललितपुरको मेयरमा चिरीबाबु दोब्बर बढी मतले अगाडि

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले दोब्बर बढी मतान्तरका साथ अग्रता बनाएका छन् । महर्जनले १७४८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७१५ मत प्राप्त गरेका छन् ।यस्तै उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ७८७ मत पाएकी छन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बर्जाचार्यले ४४९ मत   ल्याएका छन् । यस्तै वडा नम्बर ४ को अध्यक्षमा नेपाली काँग्रेसले ८९ मत ल्याएको छ भने नेकपा एमालेले ७७ मत ल्याएको छ ।