नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाइएको टिप्पणी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले कुनै एक दलले मात्र नभई शासन सत्तामा जाने राजनीतिक दलले आफ्ना सत्ता स्वार्थका लागि देशको नागरिकतालाई सस्तो बनाएको उल्लेख गरे । २०६२/६३ को जनआन्दोलनपछि अन्तरिम संविधान बनाउने क्रममा आफूले कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन एमाले महासचिव माधव नेपाल, माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर नागरिकता सम्बन्धी प