नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु पत्नी वियोगमा परेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेर समवेदना व्यक्त गरेका छन् ।एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, नेता कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । समवेदना व्यक्त गर्न अध्यक्ष ओली र नेता नेम्वाङ शनिबार र महासचिव पोखरेल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्या