बिजुक्छे निवास पुगेर खनालद्वारा समवेदना व्यक्त

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे निवास पुगेर नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले समवेदना व्यक्त गरेका छन् ।गत साता उपचारका क्रममा नेमकिपा अध्यक्ष बिजुक्छेकी पत्नी शोभा प्रधानको निधन भएको थियो । नेकपा (एकिकृत समाजवादी) सम्मानित नेता खनालले बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।समवेदना व्यक्त गर्न सम्मानित नेता खनाल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्यान्सर रोगबाट पीडित बिजुक्छे पत्नी शोभाको गत साता उपचारका क्

सम्बन्धित सामग्री

ओलीसहितका नेता बिजुक्छे निवासमा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु पत्नी वियोगमा परेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेर समवेदना व्यक्त गरेका छन् ।एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, नेता कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । समवेदना व्यक्त गर्न अध्यक्ष ओली र नेता नेम्वाङ शनिबार र महासचिव पोखरेल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्या

पत्नी वियोगमा रहेका बिजुक्छेलाई भेटेर ओलीद्वारा समवेदना व्यक्त

पत्नी वियोगमा रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समवेदना व्यक्त गरेका छन् । एमाले अध्यक्ष ओली पत्नी राधिका, पार्टी उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठसँगै बिजुक्छे निवास पुगेर नेमकिपा अध्यक्ष बिजुक्छेको पत्नी शोभा प्रधानप्रति आज श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।क्यान्सर रोगको उपचारको क्रममा बिजुक्छे पत्नी शोभाको हालै निध