उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । एक कार्यक्रमबीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यावसायिक रुपमा कृषिखेती गर्दैआएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कृषि औजार वितरण गरेको हो ।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकामा रहेको कृषियोग्य जमिनलाई मध्येनजर गर्दै कृषकको माग बमोजिम ट्याक्टर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले बताए। आर्थिक वर्ष २०७९÷८० मा गाउँपालिकाले सूचना निकालेको र सोही सूचनाका आधारमा परेका ३सय बढी आवेदन परेकोमा आवश्यकताको आधारमा २सय ८ वटा कृषक समूह छनोट […]
The post कृषकलाई २ सय ८ वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
दाङ–प्यूठान सरुमारानी गाउँपालिकाका ६२ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ। कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनालाई सहयोग पुग्नेगरी किसानलाई हाते ट्याक्टर वितरण गरिएको हो। बिहीवार गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, वडा नं ४ का अध्यक्ष चिन्त सोमईलगायतले संयुक्त रुपमा हाते ट्याक्टर हस्तान्तरण गरेका हुन्। […]
स्याङ्जा – पछिल्लाे समय नगरपालिकाले मात्रै होइन धेरै निकायले प्रविधि हस्तान्तरणको रुपमा किसानहरुलाई हाते ट्याक्टर वितरण गरिरहेका छन् । गाडी रिजर्भ नै गरेर गाँउ गाँउ पुर्याइएका हाते ट्याक्टरहरुमा सानो समस्या आउँदा फेरि गाडी नै रिजर्भ गरेर बजार पुर्याउनु पर्ने समस्या थियो । तर अब भने यो समस्याबाट स्याङ्जा, वालिङका कृषकहरुले पार पाउने भएका छन् ।
वालिङ नगरपालिकाले आफ्नाे पालिकाभित्रका कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान गरेको छ । जसले गर्दा कृषकहरुले गाँउमा नै हाते ट्याक्टर...
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको साेही गाउँपालिकाले जनाएको हाे । कृषकलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ […]
गाउँसभाबाट पारित वार्षीक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उदेश्यले छुट अनुदानमा ट्याक्टर वितरण गरिएको हो।...
लमजुङ – बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए। वैदेशिक रोजगारीपश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हाते ट्याक्टर प्रभावकारी हुने अर्यालले […]
डोटीको शिखर नगरपालिकामा रहेका पाँचवटा कृषक समूहलाई हाते ट्याक्टर वितरण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास साइन नेपाल नाम गैरसरकारी संस्थाले नगरपालिकामार्फत कृषक समूहलाई ट्याक्टर वितरण गरेको हो ।
धादिङ, ७ पुस । जिल्लाको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउापालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि […]
शिक्षा पन्त, लमजुङ । बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई हातेट्याक्टर वितरण भएको छ । नगरप्रमुख गुमानसिंह अर्यालका अनुसार कृषिमा यन्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । चालू आवमा २५ लाख २० हजार बजेटमा ट्याक्टर खरिद गरी किसानलाई वितरण गरिएको अर्यालले बताउनुभयो । नगरपालिकाले हातेट्याक्टर वितिरणसँगै भाडामा […]