प्यूठान सरुमारानी गाउँपालिकाका ६२ जना किसानलाई हाते ट्याक्टर सहयोग

दाङ–प्यूठान सरुमारानी गाउँपालिकाका ६२ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ। कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनालाई सहयोग पुग्नेगरी किसानलाई हाते ट्याक्टर वितरण गरिएको हो। बिहीवार गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, वडा नं ४ का अध्यक्ष चिन्त सोमईलगायतले संयुक्त रुपमा हाते ट्याक्टर हस्तान्तरण गरेका हुन्। […]