हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढीको छ। चालू आव २०७८।७९ मा प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको थियो।आगामी आवको बजेटमा कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ क