नक्कली भ्याट बिल बनाएर राजस्व छली गरेको आरोपमा ५ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले १२ करोड २० लाख माग दाबीसहित सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले बाराको करैया गाउँपालिका ७ मा संचालित यादव बिजनेस ट्रेड लिंकका सञ्चालक सोनालाल प्रसाद यादवसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।