काठमाडाैं : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताएका छन्।सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले हैजाबाट बच्न आम नागरिक र सरोकारवाला निकायहरु सजग रहनुपर्ने आवश्यकता रहेको बताए।उनले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ३ ठाउँको पानी प्रदूषित देखिएको बताए। तीन ठाउँमध्ये ललितपुरको सानेपा र काठमाडौंको बागबजार, डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको जानकारी दिए।निर्देशक दासले