नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले बन्दाबन्दीको समयमा रगतको अभाव हुन नदिने घोषणा गरेको छ । रगतको अभाव भएमा भक्तपुर आउनसमेत रेडक्रस जिल्ला शाखा भक्तपुरले आग्रह गरेको छ ।
काठमाण्डाै - रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको छ । काठमाण्डौ, चितवन, नेपालगञ्ज लगायत जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव हुन थालेको हो ।
नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिएको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा अहिले दैनिक ६ सयदेखि ८ सय पिन्ट रगतको माग छ ।
केन्द्रले साढे दुई सयदेखि तीन सय पिन्ट रगत वितरण गर्दै...
काठमाडौं । डेंगुका विरामीको रगतमा प्लेटलेट्सको कमी हुने भएकाले बजारमा रगतको अभाव देखिएको छ । डेंगु संक्रमणबाट गम्भीर बिरामी भएकाका लागि प्लेटलेट्सको कमी हुने र प्लेटलेट्सका लागि फ्रेस रगत चाहिने भएकाले बजारमा केही मात्रामा रगतको अभाव देखिएको हो । सामान्यतया फ्रेस रगतलाई फिल्टर गरेर प्लेटलेट्स बनाउनुपर्ने हुन्छ । दशैं र तिहारको समयमा रेडक्रस सोसाईटी, नागरिक […]
कञ्चनपुर- भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई निःशुल्क रक्त सञ्चार सेवाका लािग रु पाँच लाख सहयोग गरेको छ । शुक्रबार भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका कार्यालय प्रमुख मनोज उप्रेतीलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो । नगरपालिकाले जिल्लामा रगतको अभाव हुन नदिन रक्त सञ्चार केन्द्रलाई सहयोग गरेको उपप्रमुख […]
काठमाडौँ,१६ जेठ । पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न सङ्कलन अभियान थालिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदानमार्फत सङ्कलन अभियान थालिएको हो । केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भीर […]
पोखरा– स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ । निर्वाचनका समयमा विभिन्न संघ संस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो ।केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालमा उपचाररत बिरामीलाई आपूर्तिमा कठिनाइ हुन थालेपछि बिहीबार आकस्मिक […]
चितवनका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।
जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले एक सूचना जारी गर्दै रक्तदानका लागि अपिल गरेको छ । सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपानेद्वारा जारी अपिलमा बिरामीको चाप बढेसँगै अस्पतालमा रगतको अभाव देखिएकाले रक्तदान गर्न सबैलाई अपिल गरिएको हो । जिल्लाका अस्पतालमा रहेका रक्त सङ्कलन केन्द्र, युनिट एवं क्ष...
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले कोभिड–१९ का महामारीमा रगत सङ्कलनलाई जारी राखेको छ । मानवीय सेवाको सर्वोच्च संस्था रेडक्रसले रगतको अभाव हुन नदिन जनस्वास्थ्यमा आवश्यक सबै मापदण्ड पालना गरी देशभर रगत सङकलनलाई निरन्तरता दिएको छ । क्यान्सर,मिर्गौलाका बिरामी , प्रसूति तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ताजा रगतको आवश्यक पर्छ । सोसाइटीद्वारा सञ्चालित केन्द्रका निर्देशक दिव्यराज पौडेलले निषेधाज्ञाका कारण काठमाडौँ जिल्लामा दैनिक
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाद्वारा सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको हो ।
कोभिड–१९ को दोस्रो लहरका कारण लामो समयदेखि रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले जानकारी दिनुभयो । कोभिडका कारण रक्तदानका कार्यक्रम गर्ने अवस्था अहिले नरहेको र पुनारो मौज्दात रगत समेत सकिएको उहाँले बताउनुभयो । “अहिले रक्तदानका कार्यक्रम गर्ने अवस्था छैन्, तर रगतको माग भने दैनिक रुपमा बढेको छ” सभापति न्यौपानेले भन्नुभयो– “बिरामीका लागि रगत पु¥याउन मुस्किल भएको छ ।”
रगतको अभाव हुँदा रगत आवश्यक पर्ने बिरामीलाई समस्या सिर्जना भएको छ । रगतको माग धेरै रहेको र आपूर्ति सोही अनुपातमा नहँुदा समस्या भएको सभापति न्यौपानेले बताउनुभयो । कावासोतीको रक्त सञ्चार केन्द्रमा सङ्कलन भएको रगत, नवलपुरका अस्पतालदेखि चितवनका अस्पतालमा उपलब्ध गराउने गरिएको छ । अहिले कतैबाट रगतको माग भएमा दिने अवस्था नभएको उहाँले बताउनुभयो ।
भक्तपुर : कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै भक्तपुरमा रगतको अभाव हुन थालेको छ। रगतको मागको तुलनामा संकलन कम हुँदा रगतको अभाव देखिन थालेको हो।भक्तपुरमा अहिले दैनिक एक सयदेखि १५० प्रिन्टसम्म रगतको माग रहेको छ तर संकलन भने दैनिक ७० देखि ८० प्रिन्ट हुने गरेको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका परशुराम पाण्डेले जानकारी दिए। ‘मागको तुलनामा आपूर्ति आधा घटेकोले रगतको अभाव देखिएको हो,’ उनले भने।कोरोना महामारीसँगै अस्पतालहरूमा शल्यक्रिया घ
काठमाडौ - काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ।
रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई...