नियमित कार्यक्रम नहुँदा रगतको अभाव, रक्तदान गर्न आग्रह

काठमाण्डाै - रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको छ । काठमाण्डौ, चितवन, नेपालगञ्ज लगायत जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव हुन थालेको हो ।   नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिएको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा अहिले दैनिक ६ सयदेखि ८ सय पिन्ट रगतको माग छ । केन्द्रले साढे दुई सयदेखि तीन सय पिन्ट रगत वितरण गर्दै...

सम्बन्धित सामग्री

प्राइम कमर्सियल बैंकको रक्तदान

काठमाडौं– प्राइम कमर्सियल बैंकले १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयाजना गरेको छ । बैंकले कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री संजीव मानन्धरले देशका विभिन्न अस्पतालमा रगतको अभाव भइरहेको सन्दर्भमा बैंकले बिरामीको उपचारका सहयोग गर्न बैंकले सामाजिक […]

इन्जिनियर्स एशोसियसन बागमती प्रदेशद्धारा रक्तदान कार्यक्रम

काठमाडौं । रगतको अभाव कम गर्ने उद्देश्यले नेपाल इन्जिनियर्स एशोसियसन बागमति प्रदेशले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बुधबार एसोसियसनको कार्यालय भवन बबरमलमा आयोजित उक्त कार्यक्रममा इन्जिनियरहरु सहित विभिन्न क्षेत्रका व्यक्तिरुले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमबाट २० पिन्ट रगत संकलन भएको छ ।

चितवनमा रगतको अभाव भएपछि काठमाण्डाै र पोखराबाट ल्याइँदै

चितवनमा – चितवनमा रगतको अभावपछि आज बुधवार काठमाण्डाै र पोखराबाट ल्याइँदैछ । पोखराबाट चार सय र काठमाण्डाैबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घ–संस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् । यहाँ दैनिक एक सय ५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराबाट ओ, ए र बी ...

चितवनमा रगतको अभाव

राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले  रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो।

रगत संकलन अभियानमा युवा संघ

राष्ट्रिय युवा संघ नेपालले कोभिड महामारीमा अस्पतालहरुमा रगतको अभाव हुन नदिन देशव्यापी रुपमा रक्तदान कार्यक्रम संचालन गरेको छ । त्यसक्रममा संघले शनिवार काठमाडौं उपत्यकामा पाँच स्थानमा रक्तदान गरेको छ ।  काठमाडौंको...

काठमाण्डौमा आज पनि रक्तदान कार्यक्रम : २२ जना बौद्ध गुरुले गरे दान (तस्बिरसहित)

काठमाण्डौ – काठमाण्डौमा आज पनि रक्तदान कार्यक्रम भएको छ । यस वर्ष २ हजार पिन्ट रगत दान सङ्कलन गर्ने उद्देश्य लिएर भइरहेको रक्तदान अभियानमा आज २२ जनाले रगत दान गरेका छन् । विजया दशमीका दिन आज काठमाण्डौको बौद्धमा २२ जना बौद्ध गुरुले रगत दान गरेका अभियन्ता श्वेता श्रेष्ठले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम गएको फेब्रुअरीदेखि सुरु भएको हो । ९४ औँ पटकको रक्तदान कार्यक्रमसम्म आइपुग्दा १३ सय पिन्ट पुगेको छ । यस्तै, अहिले रगतको अभाव भएकाले पनि रक्तदान कार्यक्रमलाई नियमित सञ्चालन गरेको अभियन्ता श्वेता श्रेष्ठले बताउनुभयो ...

सावित्री कंचनजंगा अगरबत्तीले गर्यो रक्तदान कार्यक्रम

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ र यसका कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परीसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले रक्तदाननै जीवनदान हो भनी यो कार्यक्रम गरेको कम्पनीले जनाएको छ कोभिड-१९ […]

शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान

नयाँ भेरियन्टसहितको कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो।...

वीरगंजमा रगतको अभाव, निषेधाज्ञाले रक्तदान कार्यक्रम ठप्प

वीरगंज : वीरगंजमा पछिल्लो समय रगतको चरम अभाव हुँदै गएको छ। संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम प्रभावित भएको र दाताले रक्त सञ्चार केन्द्रमासमेत रक्तदान गर्ने अवस्था नरहेकोले रगतको चरम अभाव देखिएको केन्द्रका प्रमुख प्राविधिक सौरभराज पाण्डेले जानकारी दिए। उनका अनुसार अहिले दिनमा ३० पिन्ट रगतको माग आइरहे…