फलेवासका छ हजार कृषकलाई तरकारीको बीउ वितरण

पर्वतको फलेवास नगरपालिकाका छ हजारभन्दा बढी कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बीउ वितरण गरिएको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडाका किसानलाई तरकारीको बीउ वितरण गरिएको हो । नगरपालिकाले विगत तीन वर्षदेखि सञ्चालन गरेको बहुआयामिक कार्यक्रम क्लिन फलेवास ग्रीन फलेवास अभियानअन्तर्गत ‘एक घर, एक बगैँचा’ कार्यक्रम र क्लीन हाउस ग्रीन हाउसका लागि बीउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिए । नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मूला, सलगम, पालु

सम्बन्धित सामग्री

सुनौला हजार दिनका आमालाई कुुखुराका चल्ला र तरकारीको बीउ वितरण

सिमकोट – ताँजाकोट गाउँपालिकाकी सुनौलो हजार दिनका आमाहरूलाई कुुखुुराका चल्ला र तरकारीको बीउ वितरण गरिएको छ। ती आमा तथा नवजात शिशुुको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले कुखुरा र बीउ वितरण गरेको हो। गाउँपालिकाका पाँच वटै वडाका सुनौलो हजार दिनका ११० जना आमालाई कुखुुराका चल्ला र तरकारीको बीउ वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए। नेपाल […]

किसानलाई व्यावसायिक बनाउँदै गाउँपालिका

बाँके । बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् । उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्र्न गाउँपालिकाले प्रोत्साहन गर्नाका साथै बसन्ते मकैको र धानको पकेट क्षेत्रको रूपमा विकास गरिँदै लगिएको छ । गाउँपालिकालाई नै बसन्ते मकै, धान र तरकारीको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने गाउँपालिका कृषि शाखा प्राविधिक सहायक धनञ्जय शर्माले बताए । उनका अनुसार पालिकामा अझै बस्तीको विकास भइनसकेको र यहाँको माटोमा उर्वरा शक्ति बढी रहेकाले कृषि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरी आर्थिक समृद्धि गर्न सकिनेछ । हाल गाउँपालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रूपमा लिइएको छ । यी वडामा विशेषगरी यही अन्नबाली लगाउँदै आइएको छ । राम्रो र बढी उत्पादन हुने भएकाले यही बालीलाई किसानले प्राथमिकता दिएका हुन् ।     गाउँपालिकाका अन्य ठाउँमा तरकारीको राम्रो सम्भावना रहेको कृषि शाखाको सर्वेक्षणले देखाएको छ । शाखाका अनुसार वडा नं १, २ र ३ लाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना छ । गाउँपालिकामा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा जोड दिएको गाउँपालिका आर्थिक विकास शाखा संयोजक धर्मा थापाले बताए । गाउँपालिकाले युवा किसानमा बढ्दो विचलन नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न नि:शुल्क तथा अनुदानमा विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रिड बीउ वितरण गरिरहेको प्राविधिक शर्माले बताए । कृषि शाखाका अनुसार यसै वर्ष एक हजार ८०० किसानलाई मिनी किट वितरण गर्ने लक्ष्य छ । पचास प्रतिशत अनुदानमा ४०० किसानलाई तरकारीको बीउ र च्याउको बीउ वितरण गरिरहेको हो । च्याउ उत्पादन गर्न चाहने थप एक हजार ५०० किसानलाई बीउ वितरण गरिने उनको भनाइ थियोे । गाउँपालिकाले किसानले खेती गर्दा देखिने समस्यालाई स्थलगत रूपमै समाधान गर्न अनुगमनपछि निराकरणको उपाय अवलम्बन गर्न लगाउने गरिएको बताएको छ । रासस

कृषकलाई तरकारीका ६ हजार बिरुवा वितरण

पर्वत । पर्वतको फलेवास नगरपालिकाले किसानलाई तरकारीका ६ हजार बिरुवा वितरण गरेको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडामा रहेका कृषकलाई तरकारीको बीउ वितरण गरिएको नगरपालिकाले बताएको छ । नगरपालिकाले विगत ३ वर्षदेखि सञ्चालन गरेको बहुआयामिक कार्यक्रम ‘क्लिन फलेवास ग्रीन फलेवास’ अभियान अन्तर्गत एक घर एक बगैंचा कार्यक्रम र क्लिन हाउस ग्रीन हाउसका लागि बीउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिए । नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मुला, सलगम, पालुंगो, गाजर, धनियाँ लगायत तरकारीका बीउ निःशुल्क वितरण गरिएको घिमिरेले बताए । नगरपालिकाले यस वर्ष क्लिन हाउस ग्रीन हाउस कार्यक्रमका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही बजेटवाट बीउ वितरण गरिएको उनको भनाइ छ । ‘नगरपालिकाकाभरिका करिब ६ हजार घरधुरीमा प्रतिघरधुरी ७० रुपैयाँ बराबरको ६ प्रकारको तरकारीको बीउ वितरण गरिएको छ,’ उनले भने, ‘कृषकले मौसम अनुसार र आफ्नो क्षेत्रको हावापानी अनुकूलका तरकारी उत्पादन गर्न सक्नेछन् ।’ यस्तो अभियान अघिल्ला वर्षमा पनि गरिएको र आर्थिक वर्ष २०७६/७७ मा फलेवासका नगरका ११ ओटै वडामा करीब ४०० प्लाष्टिक टनेल वितरण गरिएको उनको भनाइ छ । फलेवासले नगरभित्रका व्यावसायिक किसानका लागि तरकारी उत्पादन वृद्धि गर्न छिट्टै अर्को कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । नगरपालिकाले निःशुल्क तरकारीको बीउ वितरण गरेपछि नगरवासी हर्षित बनेका छन् । बीउको सदुपयोग गरी तरकारी उत्पादनमा जोड दिने वडा नं ६ देवीस्थानका अगुवा कृषक देवीप्रसाद भुसालले बताए । तरकारीको बीउ शीतोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङ र पोखरा मालेपाटनबाट ल्याइएको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताए । सरकारी फार्ममा उत्पादन गरिएको उन्नत जातको गुणस्तरीय बीउ ल्याएर किसानलाई वितरण गरिएको उनको भनाइ छ । कृषकलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले फलेवासले यसअघि निःशुल्क रूपमा फलफूलका बिरुवा समेत वितरण गरेको थियो । यस्तै बाँझो जमीनमा खेती गर्नेलाई प्रोत्साहनस्वरूप अनुदान वितरण गरेको थियो । नगरपालिका अहिले तरकारी र मौसम अनुसारका फलफूलमा आत्मनिर्भर बनेको नगरप्रमुख पदमपाणि शर्माले बताए ।