कैलारी गाउँपालिकाका किसानलाई गहुँको बीउ वितरण

कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो । किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले ६ हजार २५० बोरा (२ हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको जनाइएको छ ।  बेमौसमी बाढीले धानबालीमा ठूलो क्षति गरेपछि सो गाउँपालिकाका सर्वदलीय राजनीतिक संयन्त्रले खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको...

सम्बन्धित सामग्री

आमहड्ताल उल्लंघन गरेको भन्दै सिके राउतका कार्यकर्ताद्वारा सिरहामा सवारी तोडफोड

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आम हड्ताल उल्लंघन गरेको भन्दै सिरहामा सवारी साधन तोडफोड गरेका छन्। औरही गाउँपालिकाले अनुदानको गहुँको बीउ वितरण गर्न ढिलाइ गरेपछि किसान आफैंले लगेको घटनामा...

गोदाम फुटाएर किसानले लगे गहुँको बीउ

सिरहाको औरही गाउँपालिकाका किसानले समयमा बीउ वितरण नगरेको आक्रोश पोख्दै गाउँपालिकाले खरिद गरी राखेको ३३५ बोरा गहुँको बीउ मङ्गलबार लुटेर लगेका छन् ।गाउँपालिकाले गहुँको बीउ वितरणमा ढिलाइ गरेपछि औरही गाउँपालिका–३, पिप्रा र ५ औरहीका किसानले गोदामको ताला तोडेर गहुँको बीउ लागेका थिए । स्थानीय दीपेन्द्र यादवका अनुसार गहुँ छर्ने समय घर्किसकेपछि गाउँपालिकाले बीउ खरिद गरेर ल्यायो । वितरणका लागि बिहानदेखि ला

बैठकमै गाउँपालिका अध्यक्ष–उपाध्यक्षबीच कुटाकुट

विद्यानन्द राम, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मंगलबार कुटाकुट भएको छ । कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ । दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बीउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । सोही क्रममा अध्यक्ष […]

किसानलाई अनुदानमा गहुँ

कैलाली । कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो ।       गाउँपालिकाले किसानको उत्पादन बढाउन गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको बताएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमीनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिए । ‘हामीले जति पनि आवेदन दिएका किसान सबैलाई क्षेत्रफलको आधारमा १० कठ्ठाभन्दा माथि क्षेत्रफलमा खेती गर्नेलाई ५० प्रतिशत र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिहेका छौं,’ कृषि शाखा प्रमुख चौधरीले भने, ‘गाउँपालिकाभित्र ७५ प्रतिशत अनुदानमा १८३ किसान र ५० प्रतिशत अनुदानमा १५३ किसानलाई गहुँको बीउ उपलब्ध गराउँदै छौं ।’ पालिकाले किसानलाई उन्नत जात विजय, एलएल, वाणगंगालगायत बीउ वितरण गरिरहेको छ । गाउँपालिकाले अविरल वर्षा र बाढीका कारण धानबालीमा क्षति भएका किसानका लागि पनि अनुदान दिने योजना बनाएको चौधरीले बताए । ‘कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं, त्यसैमाथि बाढीले पीडामा रहेका किसानलाई गहुँको बीउ दिएर हौसला दिन खोजिएको हो,’ चौधरीले भने, ‘हामीले अन्य खाले अनुदान दिने विषयमा छलफल गरिरहेका छौं ।’ अनुदानमा उन्नत जातको गहुँको बीउ पाएपछि किसान खुशी भएका छन् । जानकी गाउँपालिका–२ का गजेन्द्रबहादुर चौधरीले तीन बिघा जमिन गहुँ खेती गरिरहेका छन् । कैलाली धान र गहुँ खेतीका लागि उर्बर भूमि मानिन्छ । यहाँका किसानलाई खेतीमा आकर्षित गर्न स्थानीय पालिका र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अनुदान सहयोग, औजार तथा प्राविधिक सहयोग गर्दै आएका छन् । यहाँ खेतीका लागि उर्वर भूमि रहेकाले कैलालीको टीकापुर र जानकीमा मात्रै दर्जनौं सहकारीले बीउ प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेका छन् । यहाँका सहकारीले उत्पादन गरेको बीउ अन्य जिल्लामा जाने गरेको छ । रासस

भक्तपुरका किसानलाई उन्नत् जातको गहुँ र आलुको बीउ वितरण

कात्तिक ३०, भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका किसानलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण शुरु गरेको छ । नगरपालिकाले मंगलवार आयोजना गरेको बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले गहुँ र आलुको उन्नत जातको बीउ वितरण गरेका हुन् । प्राथमिकताका आधारमा गहुँ लगाउने किसानलाई एक पाथी गहुँको बीउ र आलु रोप्ने किसानलाई पाँच किलो आलुको बीउ वितरण गरिएको हो । नगर प्रमुख प्रजापतिले गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको बताए ।  उनले उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले नगरपालिकाले उन्नत जातका बीउबिजनको वितरण गर्दै आइरहेको बताए । प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुलाई कम्पोष्ट मल बनाइ सस्तोमा किसानलाई विक्रीवितरण गर्न तयारी गरेको बताए ।  नगरपालिकाले १ र १० वडाका किसानलाई आज बीउवितरण गरेको छ । नगरभित्रका सबै वडाका किसानलाई पाँच किलो गहुँ र पाँच किलो आलुको बीउवितरण गर्ने अभियान सञ्चालन गरेको छ । रासस

किसानलाई अनुदानमा गहुँ

कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो ।  गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको जनाएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालविर ...

कृषकलाई गहुँको बीउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ ।जाजरकोटको कालेगाउँ बाट ३५ क्विन्टल गहुँको बीउ खरिद गरि ल्याएको कृषि शाखाले जनाएको छ । नगरपालिकाको ७५ प्रतिशत अनुदान र १५ प्रतिशत कृषको लगानिमा वितरण […]