काठमाडौ : निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान र संवैधानिक व्यवस्था रहुन्जेल जनतालाई निराश बनाउने खेल निरन्तर भइरहने बताएका छन्।हिजो मात्रै सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पदमुक्त भएका मन्त्री साहले आज प्रतिक्रिया दिँदै हठपूर्वक बनाइएको वर्तमान संविधान स्पष्ट नभई विभिन्न प्रणालीहरुको फ्युजन भएकोले देश कन्फ्यूज्ड भएको बताए।संविधानको धारा ७६ को उपधारा ५ को अस्पष्ट प्रावधानकै कारण एउटा दलको सांसद अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसमेत गर्न भ्याइरहेका मन्त्री