लिज ट्रसले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट ऋषि सुनक बेलायतका प्रधानमन्त्री बन्ने भएका छन्। बोरिस जोन्सनपछि पेन्नी मोर्डनटले पार्टीभित्र प्रधानमन्त्री बन्न हुने प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेसँगै ऋषि बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको बीबीसीले उल्लेख गरेको छ।
आफूले लागू गरेको आर्थिक नीतिको चर्को आलोचना भएपछि ट्रसले राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्री…