Exclusive : टुकुचा मिच्ने ५८१ कित्ताका घरमा महानगरको डोजर चल्ने (सूचीसहित)

टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको हो । शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला करिडोर बनाउन लागेको हो । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गर

सम्बन्धित सामग्री

टुकुचा खोला उत्खननको उद्देश्य ठिक भए पनि प्रक्रिया ठिक भएन : पूर्व सचिव थापा

नेपाल सरकारका पूर्व सचिव किशोर थापाले कुनै पनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरूको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाडौँ महानगरको  डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानुन विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौँ महानगरको अहिलेको उद्देश्य ठिक रहे पनि कार्यको प्रक्रिया र योजना ठिक नभएको बताएका हुन् ।कानूनी रूपमा वर्षौँदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका पीडितहरू सँग आवश्

पूर्वसचिव किशोर थापाले गरे बालेनको ‘डोजर अभियान’ प्रक्रियाको विरोध

काठमाडौं, ८ असोज । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले कुनैपनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरुको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाण्डौं महानगरको डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानून विज्ञहरुसंगको अन्तक्रिया कार्यक्रममो बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौं महानगरको अहिलेकोे उदेश्य ठिक रहेपनि कार्यको प्रक्रिया र योजना […]

टुकुचामाथि बनेका संरचनामा महानगरको डोजर, स्थानीय र व्यवसायी अदालत गुहार्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा खोज्ने क्रममा डोजर लगाएको भन्दै स्थानीय र व्यवसायी अदालत गुहार्न थालेका छन् । सम्पूर्ण कर बुझाएको, रीतपूर्वक खरिद गरेको र नक्सा पास भएको जमिनमा महानगरले डोजर चलाएको भन्दै थप २२ जना उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । उक्त विषयमा बुधबार छलफल भए पनि फैसला भएको छैन । यसअघि जे–नेक्स इन्भेस्टमेन्ट प्रालि, […]

टुकुचामाथि महानगरको डोजर निरन्तर

काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका अनधिकृत संरचना निरन्तर हटाउने जनाएको छ । गत बिहीबारदेखि टुकुचा उत्खनन सुरु गरेको महानगरले सोमबार कमलादीस्थित लक्ष्मी बैंकको दक्षिण र उत्तरपट्टि अनधिकृत रूपमा बनेका पाँचवटा टहरा भत्काएको...

टुकुचा अतिक्रमित भएका स्थानमा महानगरको डोजर

काठमाडौं :  काठमाडौं महानगरले टुकुचा अतिक्रमित भएको स्थानमा डोजर चलाएको छ।  गत बिहीबार जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो।महानगरको टुकुचा अतिक्रमित स्थानमा डोजर चलाइएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। महानगरको यो अभियान नरोकिने उनले बताए। सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ। महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

काठमाडौँ । राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौँ महानगरले डोजर चलाएको छ । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो । सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो । सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका […]

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो । सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ । महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरे

टुकुचा खोला खोज्दै कमलादी पुग्यो महानगरको डोजर

काठमाडौँ । अवैध संरचना हटाउने अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैङ्क नजिकै खोतल्दा टुकुचा खोला भेटाएको छ । डोजर लगाएर शनिबार खोतल्दा १०/१२ फिट तल टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । यसअघि जय नेपाल हलको कम्पाउन्डभित्र उत्खनन गर्दा टुकुचा खोला फेला परेको थियो । केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन महानगरले सूचना […]

टुकुचाको खोजीमा बालेन : भत्केलान् त हात्तीसार क्षेत्रमा बडेमानका संरचना ?

२०७९ भदौ ३० गते दिउँसो एकाएक काठमाडौं महानगरपालिकाको डोजर टुकुचा खोलाको उत्खनन् गर्न हात्तीसारमा रहेको जय नेपाल हलमा पुग्यो । जय नेपाल फिल्म हलको कम्पाउन्डमा महानगरको डोजर चलेपछि करिब १५ फिट तल टुकुचा खोला बगेको पाइयो । बुढानीलकण्ठदेखि बगेको टुकुचा खोला विभिन्न स्थानमा पुरिएको पाइएपछि काठमाडौं महानगरपालिकाले खोलाको खोजी गरेको हो ।कुनै बेला इच्छुमतिको नामले चिनिन्थ्यो, टुकुचा खोला । बुढानिलकण्ठबाट सुरु भएको टुकुचा थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । कुनै समय मानिसहरु पौडी खेल्ने, माछा मार्ने खो

अवैध संरचना हटाउन महानगरको डोजर टुकुचामा

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार टुकुचा क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। केही दिनअघि सूचना जारी गर्दै हटाउन निर्देशन दिएको महानगरले आज उक्त क्षेत्रको अवैध संरचना हटाउन थालेको हो। अवैध रूपमा अर्थात् नक्सा विपरीत बनेका संरचना हटाउने अभियान अगाडि बढाएको छ। यसअघि  महानगर क्षेत्रका ३९ स्थानका अवैध संरचना हटाइसकेको छ।यसअघि महानगर प्रहरीले पटक पटक अवैध संरचना हटाउन सूचना जारी गरेको थियो। महानगरको सूचना अटेर गरी बसेका संरचना अटाउन थालेको काठमाडौँ नगर प्र