टुकुचा खोला उत्खननको उद्देश्य ठिक भए पनि प्रक्रिया ठिक भएन : पूर्व सचिव थापा

नेपाल सरकारका पूर्व सचिव किशोर थापाले कुनै पनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरूको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाडौँ महानगरको  डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानुन विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौँ महानगरको अहिलेको उद्देश्य ठिक रहे पनि कार्यको प्रक्रिया र योजना ठिक नभएको बताएका हुन् ।कानूनी रूपमा वर्षौँदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका पीडितहरू सँग आवश्