काठमाडौं। नेपाली सेनाले सगरमाथाको चौथो क्याम्पमा भेटिएका दुईजनाको शव आज हेलिकप्टरमार्फत् काठमाडौं ल्याएको छ। सेनाले 'सफा हिमाल अभियान, २०२१' अन्तर्गत सगरमाथामा रहेको फोहोर संकलन गर्ने क्रममा ती शव फेला पारेको थियो। दुई शवमध्ये एक सन् २०१९मा सगरमाथा आरोप गरी फर्कने क्रममा मृत्यु भएका अमेरिकी नागरिक क्रिस्टोफ कुलिसको रहेका छन्। अर्को शवको भने पहिचान हुन नसकेको सेनाले जनाएको छ।