काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालका कारण आफ्नो राष्ट्रपति हुने सम्भावना तुहिएको बताएका छन् । ‘अहिले पनि संसदमा वामपन्थीको १३६ सिट छ । यतिबेला राष्ट्रपतिमा सबभन्दा राम्रो सम्भावना एकीकृत समाजवादीको थियो । तर वामपन्थी नेताहरुको अदूरदर्शिता, अकर्मण्यता, पदलोलुपता र स्वार्थपरकताका कारण त्यो सम्भव […]