राष्ट्रपतिमा झलनाथ खनालको सम्भावना कति ?

नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीले राष्ट्रपति पाउनुपर्ने ‘बटमलाइन’ बनाएपछि सो पार्टीबाट राष्ट्रपतिको दाबेदारमा सबैभन्दा अगाडि सम्मानित नेता झलनाथ खनाल देखिएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस ४ गते संसदीय दलको नेता चयन गर्न आयोजित बैठकमा पार्टीको बटमलाइन राष्ट्रपति भएको ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमध्ये एकीकृत समाजवादीको जोड राष्ट्रपति हुने नेपालको भनाइ थियो । उसो त सत्ता गठबन्धनको बैठकमा समेत एकीकृत समाजवादीले राष्ट्रपति आफ्