राष्ट्रपति कार्यालयमा ओली–प्रचण्ड जम्काभेट (फोटो)

काठमाडौं : तत्कालीन नेकपा विभाजनपछि टाढिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार राष्ट्रपति कार्यालयमा जम्काभेट भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराको शपथग्रहण समारोहमा ओली र प्रचण्डबीच जम्काभेट भएको हो। चुनावी नतिजा आएसँगै ओलीले लामो समयपछि प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए।नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र ओलीबीच पनि कार्यक्रममा भलाकुसारी भएको छ।  प्रचण्ड र खनालसँगको भेटको तस्