काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्हका लागि बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री द्वय झलनाथ खनाल र माधवकुमार नेपाल अनुपस्थित हुने भएका छन् ।राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु समेतलाई सर्वदलीय बैठकमा बोलाएकी छन् ।नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले चैत ४ र ५ गते आफूपक्षीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएकाले त्यसकै तयारीमा व्यस्त भएर सर्वदलीय बैठकमा सहभागी हुन नसक्ने जनाएका छन् ।‘चैत ४