भारतको दिल्लीबाट अयोध्या हुँदै नेपालको जनकपुरधाम धार्मिक यात्रामा आएका पर्यटकहरु खुसी भएका छन् । बिहीबार १८ दिने धार्मिक पर्यटकीय रेलको यात्रा गरी जनकपुरधाम आइपुगेका उनीहरुले माता सीताको माइती आउँदा निकै गौरवान्वित महसुस भएको प्रतिक्रिया दिए ।उनीहरुले धार्मिक पर्यटकीय यात्राले नेपाल भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए । भ्रमणमा आएका अशोक सिन्डेले भारतदेखि नेपालको धार्मिक स्थलको यात्रा गर्न पाउँदा आनन्द मिलेको बताए । धार्मिक यात्राले आफ्नो बेग्लै पहिचान र महत्व भएको बताउँदै उनले नेपा