काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (Nepse) मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ४१ हजार ४ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।