काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर बुधवार सूचीकृत भएको छ । कम्पनीको १६ लाख ८३ हजार २५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । फागुन १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर कम्पनीले सूचीकृत गराएको हो ।