काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर बुधवार सूचीकृत भएको छ ।
कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव २९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब कम्पनीका सम्बन्धित शेयरधनीले यो बोनस शेयर हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।