काठमाण्डाै - अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । गएराति सकिएको खेलमा भारत ५ विकेटले विजयी भयो ।
जितसँगै भारतले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० को अग्रता बनाएको छ । १ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए ।
अस्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा...