दक्षिण अफ्रिकाले भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा क्लिन स्वीप गरेको छ ।
गएराति भएको अन्तिम तथा तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले क्लिन स्वीप गरेको हो । घरेलु टोली दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो ।
भारतका लागि विराट कोहली, शिखर धवन र दीपक चाहरले अर्धशतकीय पारी खेले । कोहलीले ६५ रन, धवनले ६१ रन र दीपक चाहरले ५४ रनको योगदान गरे । यस्तै, सूर्यकुमार यादवले ३९, श्रेयस आयरल...