काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। उनले पछिल्ला समसामयिक घटनाक्रम, गठबन्धन र आगामी निर्वाचनको तयारीबारे समेटेर दस्तावेज बैठकमा पेश गरेका हुन्। उनले आफूहरू गठबन्धनप्रति इमान्दार भए पनि पार्टीभित्रकै अन्तर्घातले समस्या भएको समेत औँल्याएका छन्। प्रचण्डको दस्तावेजमा भनिएको छ, ‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरूको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरू बलियो भएको ठाउँम