चुनावअघि ओलीलाई ट्युसन पढाउन तम्सिएका गगनः दुबैको हालत करिब उस्तै, उनकै क्षेत्रको परिणामले के दिन्छ सन्देश?

काठमाडौं: स्थानीय तहको निर्वाचनको केन्द्रीय घोषणापत्र बनाउने जिम्मा कांग्रेसमा यसपटक महामन्त्री गगन थापाले पाए। ४५ भन्दा धेरै सदस्य सम्मिलित घोषणापत्र तयारी समितिले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्‍यो -पार्टी मुख्यालय सानेपामा। संकल्पपत्र नाम दिए पनि मूलत: घोषणापत्र नै थियो त्यो दस्तावेज। संकल्प पत्रमा एमालेमाथि एकोहोरो प्रहार गरिएको थियो। कांग्रेसले संकल्प…