विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राख्नुभएका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको सुरक्षा अवस्था नमूना बनाउने योजनामा छन्। प्रहरीको दरबन्दी थपलाई भन्दा प्रविधिको उच्चतम उपयोग गर्ने उनको तयारी छ । ठाउँठाउँमा प्रहरी राख्नुभन्दा सिसी क्यामेरा जडानमा उनको जोड छ । विदेशमा जस्तै चोकचोकमा प्रहरी उभ्याएर होइन सिसी क्यामेराबाट अनुगमन गर्ने गरी भरतपुर महानगरको सुरक्षा योजना तयार गरिएको छ ।घटना भएको दुई–चार मिनेटमा नै प्रहरी पुग्ने गरी अधिकारीले अवधारणा तयार गरेका छन् ।