राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४.५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको